जनता टाइम्स

३ असार २०८३, बुधबार ०८:४३

बिश्वपकमा मेस्सीको ह्याट्रिक, अल्जेरियाविरुद्धको खेलमा बनाए नयाँ किर्तिमान


काठमाडौं, असार ३ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरेर बिश्वकपमा पहिलो ह्याट्किको किर्तिमान कायम राखेका हुन ।

छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।