काठमाडौं, असार ४ । नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाहको अधिनायकवादी शैलीलाई लिएर आक्रोशित बन्नुभएको छ । साँसद झाँक्रीले प्रधानमन्त्रीले सवैको मर्यादामाथि आँच पुर्याउने काम गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोशसमेत पोख्नुएको छ ।
के नेपालीहरू यस्तै शाशकबाट शासित हुन अभिसप्त भएका हुन ? भन्ने प्रश्न गर्दै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘राज्य विधि सम्मत चलाउने कि ? आदेश, धम्की, डररत्रास, सिर्जना गरेर संबिधानले नचिन्ने भीडको दबाबले ? के संवैधानिक निकायका प्रमुखहरूलाई आतंकित गर्ने, दबाव दिने, कोठामा थुनेर गालीगलोज गर्ने, धम्कि दिने, कथित पक्राउ, अनुसन्धान र कारकाहीलाई राजनीतिक प्रतिशोधको औजार बनाएको हो ?’
प्रधानमन्त्री बालेनले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुलाई कार्यालयमै बोलाएर धम्क्याएको घटनापछि झाँक्री आक्रोशित बन्नुभएको हो । प्रधानमन्त्रीको हर्कतले अब राज्यमा विधि होईन, गुण्डा राज चल्दैछ भन्ने देखाएको उहाँको भनाई छ ।
झाँक्रीले मुलुकमा व्यक्तिभन्दा माथि कानून, शक्तिभन्दा माथि संविधान, र सरकार भन्दा माथि लोकतान्त्रिक मूल्यरमान्यता छ भन्दै यसको चिरहरणको प्रयास गरिए यसको मूल्य चर्को हुने चेतावनी पनि दिनुभएको छ।

झाँक्रीको भनाई जस्ताको तस्तै
के नेपालीहरू यस्तै शाशकबाट शासित हुन अभिसप्त भएका हुन् ?
विधिको शासन भएको लोकतान्त्रिक व्यवस्थामा अनुसन्धान, अभियोजन र न्यायका प्रक्रियाहरू संविधान र विधमान कानुनले तोकेको छ। राज्य विधि सम्मत चलाउने कि ? आदेश, धम्की, डर-त्रास, सिर्जना गरेर संबिधानले नचिन्ने भीडको दबाबले ? के संवैधानिक निकायका प्रमुखहरूलाई आतंकित गर्ने, दबाव दिने, कोठामा थुनेर गालीगलोज गर्ने, धम्कि दिने, कथित पक्राउ, अनुसन्धान र कारकाहीलाई राजनीतिक प्रतिशोधको औजार बनाएको हो ?
यो प्रवृत्तिले अब राज्यमा विधि होईन, गुण्डा राज चल्दैछ भन्ने देखाउँछ। के नेपालीहरू यस्तै शाशकबाट शासित हुन अभिसप्त भएका हुन ?
याद रहोस् हाम्रो मुलुकमा व्यक्तिभन्दा माथि कानून, शक्तिभन्दा माथि संविधान, र सरकार भन्दा माथि लोकतान्त्रिक मूल्य-मान्यता छ। यसको चिरहरणको प्रयास नगरियोस, यसको मूल्य चर्को हुनेछ।













प्रतिक्रिया दिनुहोस्