काठमाडौं, असार ४ । सरकारका एक वरिष्ठ मन्त्रीले नै प्रधानमन्त्री बालेन शाहमा सबै कुरा आफू मातहत राख्ने भोग जागेको खुलासासहित सदनमै गुनासो गरेका छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइटी र एआई सम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गुनासोसहित प्रधानमन्त्रीमा रहेको खराब नियत खोल्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री पुनले प्रधानमन्त्रीमाथि नै गुनासो गर्नुभयो । ‘प्रधानमन्त्रीले आइटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ । र उहाँले यो मात्रै गर्ने होइन । हामी सबैले मिलेर गर्नुपर्ने हो,’ मन्त्री पुनले भन्नुभयो ।
तथापि, सरकारको मुख्य उद्देश्य नै एआई, आइटीलाई कसरी बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउने भन्ने रहेको उहाँको भनाई थियो । प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय हो । यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्षका लागि कूल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ । यसको रकम चार अर्ब रहेको प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले जानकारी दिनुभयो ।

मन्त्री पुनले आफूले नेतृत्व गरेको मन्त्रालय २०५३ सालमा पनि बनेको जिकिर गर्नुभयो । त्यसयता कहिले कुन मन्त्रालय, कहिले कुन मन्त्रालयमा जोडिँदै आएको र अहिले छुट्टै रूपमा बनेको उहाँको भनाई छ । विगतमा मन्त्रालय बने पनि यसको सही व्यवस्थापन हुन नसकेको भन्दै मन्त्री पुनले राजनीतिक भागबन्डामा मिलाउन यो मन्त्रालय दिने र कर्मचारी त्यस्तै दिने प्रवृत्ति विगतमा रहेको स्मरण पनि गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्