जनता टाइम्स

५ असार २०८३, शुक्रबार ०९:५२

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा


काठमाडौं, असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (असार ५) बोर्डले परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । यस्तै कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको परीक्षा बोर्डले जनाएको छ । बोर्डले सूचनामा परीक्षाको नजिता हेर्न लिंकसमेत दिएको छ ।

बोर्डले ३८ जना परीक्षार्थीको सम्पूर्ण नतिजा रद्ध गरिएको जानकारी पनि दिएको छ ।