जनता टाइम्स

५ असार २०८३, शुक्रबार १५:०८

सभामुख दिए पार्टी महाधिवेशनका लागि संसदमा छुट्टी, अर्काे बैठक ११ गते मात्रै


काठमाडौं, असार ५ । सभामुख डिपी अर्यालले आफ्नो पार्टी रास्वपाको महाधिवेशनका लागि संसद बैठक एक साताका लागि पर सार्नुभएको छ ।

आइतवारबाट चितवनमा सुरु हुन लागेको महाधिवेशनका लागि समय ब्यवस्थापन गर्दै सभामुख अर्यालले असार ११ गतेसम्म संसद बैठक छुट्टी दिएर स्थगित गर्नुभएको हो । सभामुख अर्यालको यो निर्णयसँगै प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ।

सभामुख अर्यालले आजको कार्यसूचीअनुसारका छलफल सम्पन्न भएपछि बैठक स्थगित गर्नुभएको हो। सभामुख अर्यालका अनुसार प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।