जनता टाइम्स

६ असार २०८३, शनिबार ११:३८

एमालेमा पुनर्गठन मुद्दा अन्तै मोडियो : विष्णु-शंकरले सके ओली फाल्ने, नसके आफैँ फालिने !


काठमाडौं, असार ६ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा हटाउने अभियानमा उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल योजना बनाएरै लागको भन्दै अध्यक्ष ओली निकट केन्द्रीय सदस्यहरुले कडा आपत्ति जनाएका छन् ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको पक्षमा स्पष्ट बहुमत रहेको भन्दै उनीहरुले अवको बैठकमा मतदातमाफृत अध्यक्ष ओली रहने कि उपाध्यक्ष पौडेल र महासचिव पोखरेल रहने भन्ने प्रश्नको छिनोफानो हुनुपर्ने अडान राख्न थालेका छन् ।

ओली निकट केन्द्रीय सदस्यहरुले पछिल्लो समय उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अध्यक्षबिरुद्ध चाहिने भन्दा बढी नै अभियान चलाएको भन्दै आपत्तिसमेत जनाएका छन् । उनीहरुले गत महाधिवेशनमा दुई नेता मिलेर ओली निकट नेताहरुको कत्लेआम गरेको र अहिले केही कमजोर भए भनेर सिधै प्रतिक्रियावादीको गोटी बनेर अध्यक्षमाथि आक्रमणमा उत्रिएको जिकिर समेत गरेका छन् ।

एमालेभित्रको यो बहशले एमालेको पुनर्गठन अभियान अन्तैतिर पुगेको हो कि भन्ने गम्भीर प्रश्न उठाएको छ । उता उपाध्यक्ष पौडेल र महासचिव पोखरेल निकट नेताहरु भने ओलीलाई बलपुर्वक र अपमानपुर्वक हटाउने नभएर छाडन बाध्य पार्ने दुई नेताको अभियान रहेको बताउन्दै आक्रामक नबन्न सुझाएछन् ।