जनता टाइम्स

६ असार २०८३, शनिबार १४:२१

महेश बस्नेत भन्छन् : विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिन्न


काठमाडौं, असार ६। नेकपा एमालेको सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा गम्भीरु षडयन्त्र भइरहेको भन्दै विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न नसकिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जालमाफृत आफ्नो धारणा राख्दै सचिव बस्नेतले यस्तो उदघोष गर्नुभएको हो । एमालेमा उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलकै नेतृत्वमा पार्टीभित्र अध्यक्ष केपी ओलीको विकल्प खोज्न चौतर्फी दबाब बढिरहेको बेला बस्नेतले पुनर्गठनको बहानामा बिदेशी एजेण्डासामू घुँडा टेक्नेहरू भन्दै कडा आक्रोश पोख्नुभएको छ । बस्नेत अध्यक्ष ओलीको पक्षमा खम्बा बनेर उभिदै आउनु भएको छ ।

‘पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोज्ने, विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न सकिँदैन,’ बस्नेतले भन्नुभएको छ । उहाँले एमालेको सङ्गठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, सङ्घर्ष र बलिदानको जगमा निर्मित भएकोले बदमासहरुलाई बुझाउनै नसकिने अडान पनि राख्नुभएको छ ।

बस्नेतले भन्नुभएको छ, ‘यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन होइन। पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ, कुनै स्वार्थ समूहको इच्छाबाट होइन।’ बस्नेतले पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुने पनि प्रष्ट पार्नुभएको छ ।

बस्नेतको भनाई जस्ताको तस्तै

पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोज्ने, विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न सकिँदैन।
एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्मित भएको हो। यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन होइन। पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ, कुनै स्वार्थ समूहको इच्छाबाट होइन।