जनता टाइम्स

२ पुष २०७६, बुधबार १४:३१

जिम्बाबेको मन्त्रीपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित


हरारे, पुस २

जिम्बाबेको मन्त्रीपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित भएको छ । सन् २०१३ मा मन्त्रीपरिषदबाट सहमति प्राप्त सो सर्वोच्च कानूनलाइ संसोधन गर्नको लागि मन्त्रीपरिषदमा प्र्रस्तावित प्रस्ताव पारित भएको हो । जिम्बावेको मन्त्रिपरिषदले मङ्गलबार संविधानमा धेरै संशोधनहरुलाई थप परिष्कृत गर्ने प्रयासको रुपमा अनुमोदन गरेको छ ।

संविधान संशोधन प्रस्तावमा संविधानको धारा ९२ रहेको राष्ट्रपति चुनावमा उपराष्ट्रपति पनि संयुक्त रूपमा चुनिने प्रावधानलाई खारेज गर्नु पर्ने प्रमुख प्रस्तावको रुपमा रहेको छ । नयाँ संशोधनअन्तर्गत नवनिर्वाचित राष्ट्रपतिले पदग्रहणपछि दुईजनालाई उपराष्ट्रपति नियुक्त गर्न पाउने प्रस्ताव गरिएको छ । राष्ट्रपतिबाट नियुक्त भएका ती उपराष्ट्रपतिहरुले प्रधान न्यायाधीशसमक्ष शपथ लिने सञ्चारमन्त्री तथा प्रवक्ता मोनिका मुसभाङवाले सञ्चार माध्यमलाई बताउनुभएको छ ।

सञ्चारमन्त्री मोनिकाले उपराष्ट्रपति पदका शर्तहरु पनि संशोधन प्रस्तावमा रहेको बताउनु भएको छ । संविधान संशोधन प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिको काम, कत्र्यव, अधिकारलगायत शारीरिक वा मानसिक असक्षमताको कारण कार्यालयको काम गर्न नसक्ने कुरा समेत समावेश गरिएको छ ।