जनता टाइम्स

६ असार २०८३, शनिबार १९:५४

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा पत्नीसहित प्रधानमन्त्री पुग्दा जे देखियो (फोटोफिचर)


ललितपुर, असार ६ । ऐतिहासिक भोटो जात्रा शनिबार ललितपुरको जावलाखेलमा भव्य रूपमा मनाइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाह, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा हजारौं श्रद्धालुहरूको उपस्थितिमा जात्रा सम्पन्न भएको हो । भोटो प्रदर्शनसँगै रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन भएको मानिन्छ ।