चितवन, असार ७ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सवैभन्दा बढी प्रतिस्पर्धा र भिडन्तको पद महिला उपसभापति बनेको छ । सभापतिमा रवि लामिछाने हुने पक्कापक्की रहँदा महिला उपसभापतिमा भने हेभिवेट नेतृ भिडन लागेका हुन ।
नीति र नेतृत्व चयन गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु भएको छ । तीन दिनको कार्यतालिका तय गरिएको महाधिवेशनमा राजनीतिक, सांगठानिक, विधान लगायत प्रतिवेदन प्रस्तुत हुँदैछ । यसपछि महाधिवेशन नेतृत्व चयन गर्ने कार्यसूचीमा प्रवेश गर्नेछ ।
महाधिवेशनले रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने पक्का छ । बिधानमै समर्थक ५१ जना तोकेपछि रवि बाहेक सो संख्यामा समर्थक जुटाउने ल्याकत रास्वपाभित्र कसैको नभएको नेतादेखि कार्यकर्तासम्म बताइरहेका छन ।
प्रस्तावकसमेत गर्दा ५२ जना आवश्यक पर्ने भएकोले महाधिवेशनमा रविको बिरुद्ध कसैले उम्मेद्वार दर्ता गर्नै नसक्ने अवस्था देखिएको हो । शीर्ष नेताहरू महत्वपूर्ण राजकीय भूमिकामा रहेको र सभापतिमा टक्कर दिने ल्याकत पनि नदेखिएकोले रविलाई निर्विरोध सभापति घोषणा गरिने दृष्य उदघाटनअघि नै प्रष्ट देखिएको छ ।
सभापतिमा रवि नै पक्का भइसकेको अवस्थामा बरिष्ठ नेता र एक उपसभापति पनि सर्वसम्मत बनाउने प्रयाश भइरहेको छ । तर महिला महिला उपसभापति भने चर्काे प्रतिस्पर्धा देखिएको हो । पार्टीका सिनियर नेताहरुले यही पद ताकेका छन् । सहमहामन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीले बढुवा भएर उपसभापति बन्ने चाहनासहित मैदानमा उत्रनुभएको छ । यस्तै कानुनमन्त्री रहेकी सोविता गौतमले पनि उपसभापति बन्ने आकांक्षा राख्नुभएको छ । महाधिवेशन प्रतिनिधिको चाहना पनि सोबितातिर धेरै देखिएको छ । सोबिता रास्वपाका संस्थापक केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
यो पदका निम्ति समीक्षा बाँस्कोटाले पनि आकांक्षा राख्नुभएको छ । विवेकशील साझा पार्टीको अध्यक्ष भइसकेकी बाँस्कोटाले उपसभापति पदलाई स्वभाविक मानेकी छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक बाँस्कोटाकी छोरी समिक्षा र पूर्वमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा नेपोबेवी हुनुहुन्छ । बिगतमा कांग्रेस र एमालेको सत्तामा हालिमुहाली गर्ने दुई प्रभावशाली नेताका छोरी भएको कारण रास्वपाका महाधिवेशन प्रतिनिधि दुवैप्रति आकर्षित देखिएका छैनन ।
यस्तै उपसभापति डा. स्वर्णिम वाग्ले सरकारमा अर्थमन्त्री रहेकोले एक उपसभापतिमा निर्विरोध गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई बरिष्ठ नेताको स्थान पक्का गरिएको छ । सो पदलाई निर्वाचन प्रक्रियामै सामेल नगराउने गरी रास्वपाले गृहकार्य गरेको छ । प्रधानमन्त्री बनेपछि पार्टीका सवै नेतादेखि सांसदसम्मलाई अपमान गरेको र एकल अधिनायकवाद चलाएको कारण चुनावमा लैजादा कार्यकर्ताको निशानामा परेर हराउन सक्ने भएकोले बिना चुनाव नेता घोषणा गर्ने योजना बनाइएको हो ।
बाँकी पदहरूमा प्रतिस्पर्धा हुने देखिन्छ । रास्वपाको संशोधित विधान बमोजिम एक महिलासहित तीन उपसभापति रहनेछन्। अर्थमन्त्री वाग्लेको स्थान सुरक्षित गरिँदा अर्का एक खुला उपसभापतिमा प्रतिस्पर्धा हुनेछ । यो पदमा तीन जना त मन्त्रीहरू नै आकांक्षी छन् । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनालले आकांक्षा राखेका छन् । स्रोतका अनुसार उपसभापतिकै चाहनामा प्रधानमन्त्रीका सल्लाहकार असिम साह पनि छन् ।
यद्यपि आकांक्षीहरूबीच सहमति जुटाएर निर्विरोध गराउने प्रयत्न रास्वपाभित्र भइरहेको स्रोत बताउँछ । प्रधानमन्त्री बालेनले उदघाटन अघि नै आफ्नो समुहका जति पनि उम्मेदवारी दिने हुन सवै ज्त्निै पर्ने भन्दै सभापति रविलाई दवाव दिइरहनुभएको पनि स्रोतको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्