जनता टाइम्स

७ असार २०८३, आईतवार १५:३९

एकसाथ देखिए रवि–गगन र बालेन


चितवन, असार ७ । रास्वपाको महाधिवेशनमा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन साह र कांग्रेस सभापति गगन थापा एकै लहरमा एकसथा बसेका छन ।

रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनुभएको छ ।

अहिले महाधिवेशनको उदघाटन कार्यक्रम चलिरहेको छ । कार्यक्रममा सभापति रविसँगै प्रधानमन्त्री बालेन र उहाँसँगै गगन रहनुभएको छ । यस्तै कुनै दल नभए पनि पूर्वप्रधानमन्त्रीको हैसियतमा डा. बाबुराम भट्टराई सहभागी हुनुभएको छ ।