काठमाडौं, असार ७ । जनमत पार्टीका अध्यक्ष सीके राउतले बालेन शाहको प्रशंसा गर्दै उहाँलाई ‘स्टाइलिस, ड्यासिङ र इन्टेलिजेन्ट युवा नेतृत्व’ का रूपमा चित्रण गर्नुभएको छ।
राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज चितवनमा सम्बोधन गर्दै बालेन शाहको नेतृत्व शैली, व्यक्तित्व र जनसमर्थनकाे प्रशंसा गर्नुभयाे । उहाँले नेपालका युवा नेतृत्वमध्ये बालेन शाहको प्रभाव उल्लेखनीय रहेको बताउँदै उहाँप्रति हिमाल, पहाड र तराई–मधेस सबै क्षेत्रमा जनताको अगाध माया रहेको दाबी गर्नुभयो।
राउतले बालेन शाहले लगाउने कालो पोशाक प्रतिबन्ध लगाउने माग विराेधीले गर्न सक्ने पनि बनाउनुभयाे। उहाँले व्यंग्यात्मक शैलीमा भन्नुभयो, ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो, हाम्रो देशमा पनि कहिल्यै विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नपाउने कानुन ल्याउनुपर्ला जस्तो हुन्छ।’
उहाँले बालेन शाहप्रति जनताको समर्थन अभूतपूर्व रहेको उल्लेख गर्दै इतिहासमै यस्तो स्तरको लोकप्रियता देखिएको दाबी गर्नुभयो।
राउतका अनुसार बालेन शाह ‘स्मार्ट, ड्यासिङ र इन्टेलिजेन्ट’ मात्र नभई समस्याभन्दा माथि उठेर समाधान खोज्ने सोच भएका युवा नेता हुनुहुन्छ।
उहाँले मधेसी समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति देशको प्रमुख स्थानमा पुग्नु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै रास्वपालाई त्यस अवसरका लागि धन्यवाद दिन आफू महाधिवेशनमा उपस्थित भएको पनि बताउनुभयो। उहाँले रास्वपा र प्रधानमन्त्रीसँग जनताले धेरै आश राखेकाे बताउँदै साेही अनुसार काम गर्न आग्रह गर्नुभयाे ।














प्रतिक्रिया दिनुहोस्