चितवन, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु नै नभई स्थगित भएको छ ।
आज बिहान ८:३० बाट कार्यक्रम सुरु हुने भनिएको भए पनि प्रतिनिधि विवादको कारण परिचयपत्र वितरणमा ढिलाइ भएपछि आजकाे कार्यक्रम स्थगित गरिएको हो।
रास्वपाको निर्वाचन आयोगले बन्दसत्र आज सञ्चालन नहुने जनाएको छ। निर्वाचन आयोगको बैठक बसेर बन्दसत्र स्थगनसम्बन्धी औपचारिक सूचना जारी गर्न लागेको छ ।
आज महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न भए मंगलबार अपरान्हदेखि बन्दसत्र सुरु हुने छ । बन्दसत्र एक दिनपछि सरेसँगै महाधिवेशनको कार्यतालिका पनि स्वतः एक दिन लम्बिएको छ।
रास्वपाका महाधिवेशन प्रतिनिधिको सङ्ख्या ३८ सय नाघेको बताइएको छ । बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल, विधानसम्बन्धी विषय र अन्य महत्त्वपूर्ण प्रस्तावमाथि निर्णय हुने कार्यक्रम रहेको छ।













प्रतिक्रिया दिनुहोस्