काठमाडौं, असार ८ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भन्ने खबर सार्वजनिक भएको भन्दै त्यसप्रति आफ्नो धारणा व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने बताउनुभएको छ। उहाँले त्यसपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाइनुपर्ने धारणा राख्नुभएकाे छ।
बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने उल्लेख गर्नुभएको छ। उहाँले एमालेका नेता–कार्यकर्तालाई पनि उक्त घटनालाई केवल एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गर्नुभएको छ।
‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ,’ भन्दै बस्नेतले आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने तर्क गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्