चितवन, असार ९ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उम्मेदवारलाई प्रस्तावक र समर्थक जुटाउनै मुस्किल बनेको छ । चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरु उम्मेदवार बन्न नपाउने भएपछि यो अवस्था आएको हो ।
रास्वपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जनाएको छ । निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ भने केन्द्रीय सदस्यको हकमा एक जना प्रस्ताव र २१ जना समर्थक चाहिने ब्यवस्था गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनामा प्रस्तावक र समर्थकहरुको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्ने उल्लेख छ । एक जनाको प्रस्तावक बसेपछि अर्को व्यक्तिको प्रस्तावक बस्न पाइँदैन तर समर्थक बस्न भने रोक लगाइएको छैन । प्रस्तावक र समर्थक हुने व्यक्ति पार्टीको महाविधेशन प्रतिनिधि भएकै हुनुपर्दछ ।
निर्वाचन आयोगको नियम विपरीत उम्मेदवारी मनोनयन फारम दाखिला हुन आएमा उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनुपर्दछ ।
पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । प्रतिनिधि सम्बन्धी विवादका कारणले आज सकिनुपर्ने महाधिवेशन सुरु नै हुन नसकेको हो । महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन आयोगको ब्यवस्था र बन्द सत्र सुरु नहुदा नेतृत्वको चाहना आफ्नो नाम घोषणा रहेको अर्थमा बुझेका छन । उनीहरुका अनुसार अव चुनाव होइन, सहमतिको नाममा आफ्नो पकेटको नाम घोषणाको संभावना बढेको छ ।













प्रतिक्रिया दिनुहोस्