काठमाडौं, असार ९ । नेकपा (एमाले) संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा सहभागी हुन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्नुभएको छ।
संसद्को समसामयिक गतिविधि, दलको रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जनाइएको छ। बैठकमा एमालेका संघीय संसद्का सांसदहरूको सहभागिता रहेको छ।















प्रतिक्रिया दिनुहोस्