जनता टाइम्स

९ असार २०८३, मंगलवार १५:३२

रास्वपा महाधिवेशनको बन्द सत्र सुरु, गएनन् प्रधानमन्त्री बालेन


चितवन, असार ९ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको बन्द सत्र सुरु भएको छ । उद्घाटन भएको तेस्रो दिन भरतपुरमा महाधिवेशनको बन्द सत्र सुरु भएको हो ।

बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो । आज पनि पटक पटक सूचना दिएपछि केही बेर अघि मात्रै सुरु भएको हो । बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित हुनुभएको छ ।

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अहिलेसम्म बन्द सत्रमा उपस्थित हुनुभएको छैन ।