काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको करिब चार घण्टामै सम्पन्न भएको छ। दिउँसो ३:३० बजेबाट सुरु भएको बन्दसत्र साँझ सभा ७ नहुँदै सकिएको छ ।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। यस्तै, महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि खासै छलफल नै नभई पारित भएका छन् ।
बन्दसत्र सकिए लगत्तै सभापति रवि लामिछानेले पुनः पार्टी सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रस्तावक बन्नुभएको छ ।
महाधिवेशनको कार्य तालिकाअनुसार भोलि केन्द्रीय सदस्यहरूको निर्वाचन हुनेछ । त्यसपछि पदाधिकारी चयन प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्