जनता टाइम्स

२ पुष २०७६, बुधबार १९:३४

दुई डिआइजीको सरुवा, मेट्रोमा बिश्वराज पोखरेल


काठमाडौं, पुस २ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्री राबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरीदुई डिआइजीको सरुवा गर्नुभएको हो ।

गृहको निर्णय अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेस थापा (क्षेत्री) को प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । सचिवालयमा सरुवा भएसंगै डीआईजी थापाले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनुहुनेछ ।

करिब डेढ बर्ष अगाडी एसएसपी हुँदापनि डीआईजी थापा नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । थापाको स्थानमा प्रहरी प्रवक्तासमेत रहनुभएका डीआईजी बिश्वराज पोखरेललाई सरुवा गरिएको छ ।