जनता टाइम्स

११ असार २०८३, बिहीबार १६:४२

दानबहादुरको नेतृत्वमा प्रहरीको लोभलाग्दो गति : एक महिनामै समातिए २१८२ फरार प्रतिवादी


काठमाडौं, असार ११ । नेपाल प्रहरीले एक महिनामा देशभरिबाट विभिन्न मुद्दाका दुई हजार १८२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गएको जेठ महिनामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रणमा सून्य शहनशीलताका साथ काम गर्न देशभरका कार्यालयलाई निर्देशन दिएपछि नियमित गस्ती र बिशेष अप्रेशनको क्रममा यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ गरिएका मध्ये उनीहरूमध्ये १७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले, ३२६ लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयले, ३०५ लाई कोसी, ५३९ जनालाई मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रणमा सून्य शहनशीलताका साथ काम गर्न देशभरका कार्यालयलाई निर्देशन दिएपछि नियमित गस्ती र बिशेष अप्रेशनको क्रममा यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको हो 

 

यसैगरी वाग्मतीले ३६०, गण्डकीले १३२, लुम्बिनीले ३२० ले, कर्णाली प्रदेशले ६३ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतका टोलीले १२० जनालाई पक्राउ गरेको छ ।उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको सजाय कार्यान्वयन गरिएको छ । साथै, उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रहरीको पनि प्रहरीले बताएको छ ।