चितवन, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारी पदमा उम्मेदवारी दिने उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ। उहाँ निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
महिला उपसभापति पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी, महामन्त्री पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ। सहमहामन्त्री (खुल्ला) पदमा ११ जना तथा सहमहामन्त्री (महिला) पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ।
निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै उम्मेदवारीउपर दाबी–विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया निर्धारित कार्यतालिका अनुसार अघि बढ्ने जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइरहेको छ। यसअघि केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भइसकेको छ भने अब पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि पदाधिकारी पदका लागि औपचारिक प्रतिस्पर्धा हुने छ।
उपसभापति खुल्ला : १
डा स्वर्णिम वाग्ले
उपसभापति महिला : १
१ साेविता गौतम
२ ताेसिमा कार्की
महामन्त्री : १
१ कविन्द्र बुर्लाकाेटी
२ प्रमोद न्यौपाने
३ राजुनाथ पाण्डे
४ मनिष झा
५ जगदीश खरेल (ललितपुर)
६ रञ्जु दर्शना
७ गणेश कार्की
८ गणेश पराजुली
९ सागर ढकाल
१० विपिनकुमार आचार्य
सहमहामन्त्री (खुल्ला) : २
१ रमेश प्रसाईँ
२. यज्ञमणि न्यौपाने
३. सुलभ खरेल
४. असीम शाह
५. अशोक कुमार चौधरी
६. मिलन लिम्बु
७. पुकार बम
८. राजीव खत्री
९. विजय जैरु
१०. हरि ढकाल
११. हिमेश पन्त
सह महामन्त्री (महिला) : १
१. जुली यादव
२. जमुना शर्मा (विदुषी)
३. कामिनी कुमारी चौधरी
४. निशा डाँगी
५. रिमा विश्वकर्मा













प्रतिक्रिया दिनुहोस्