जनता टाइम्स

१२ असार २०८३, शुक्रबार १२:२१

महिला क्लस्टरबाट उम्मेदवारी, खुलाबाट बिजयी


चितवन, असार १२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको मतपरिणामप्रति नेता–कार्यकर्ताले कडा आपत्ति जनाएका छन । निर्वाचनमा बेइमानी गर्दै जितेकालाई हराउने र हारेकालाई जिताउने काम गरिएको तथ्यसहित नेता कार्यकर्ताले आपत्ति जनाएका हुन ।

एउटा घटना थारु महिलाको उम्मेद्वारी र बिजयी सूचीले देखाएको छ । रास्वपाले थारुअन्तर्गत दुईटा क्लस्टर राखेको थियो । एउटा महिला र अर्को खुला । महिलामा एक कोटा हुँदा खुलाका निम्ति दुई कोटा थियो ।

खुलातर्फ अशोक चौधरी, सुरेन्द्र चौधरीसहित चार जनाले उम्मेदवारी दिनुभयो । उहाँहरु सबै पुरुष थिए । महिलामा तीन जनाको उम्मेदवारी परेको थियो । जसमा गीता चौधरी,करिश्मा कठरियासहित हुनुहुन्थ्यो । तर थारु महिलाबाट उठेको उम्मेदवारलाई खुला क्लस्टरबाट बिजयी बनेको घोषणा गरियो ।

खुलाबाट अशोक र करिश्मा निर्वाचित हुनुभयो । जबकि,करिश्माको उम्मेदवारी विवरणमा स्पष्ट थारु उल्लेख छ । यो घटनापछि आयोगकै पदाधिकारीबीच बिवाद भएको छ । ‘निर्वाचनमा साह्रै धाँधली भो । महिलाबाट उम्मेदवारी दिएकालाई खुलाबाट जिताइएको छ । कि पहिल्यै थारु क्लस्टर मात्रै राखेको भए हुन्थ्यो । खुला र महिला राख्ने अनि खुलामा महिलाबाट उम्मेदवारी दिएकालाई जिताउने ? यो त सरासर बदमासी भो ।’