बिराटनगर, असार १२ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने घोषणा गर्नुभएको छ ।
पार्टीका सहसंयोजक माधवकुमार नेपाल बर्तमान सरकारलाई बलियो बनाउन सहयोगी भूमिकातिर लागेको बेला संयोजक प्रचण्ड बिपक्षी र कम्युनिष्ट पार्टीबीचको सम्बन्ध सुधारमा देखिनुभएको हो । सोही आधारमा दाहालले एमालेसँग तत्काल सहकार्यको घोषणा गर्नुभएको छ ।
विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, ‘पार्टीमा कस्ले के भन्छ भन्ने होइन, देश र जनताको सवाल भएकोले अव एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ ।’
दाहालले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको जानकारी समेत दिनुभयो । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उहाँले बताउनु भयो । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ ?,’ दाहालको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्