जनता टाइम्स

१२ असार २०८३, शुक्रबार १८:५९

रास्वपा महामन्त्रीमा रविका विश्वासपात्र विपिन आचार्य निर्वाचित


चितवन, असार १२ । रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ।

आचार्य यसअघि रास्वपाको सहमहामन्त्री हुनुहुन्थ्यो। निर्वाचित भएलगत्तै उहाँले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि माग्नुभयो।

त्यस्तै आचार्यले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताउनुभयो।