जनता टाइम्स

१२ असार २०८३, शुक्रबार १९:११

रास्वपा सहमहामन्त्रीमा निशा-हरि र असिम बिजयी


काठमाडौं, असार १२ । रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । रास्वपामा ३ सहमहामन्त्री पदमा १५ जना उम्मेदवार थिए।

सहमहामन्त्रीमा खुलातर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त उम्मेदवार रहनुभएको थियाे ।

महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेदवार हुनुहुन्थ्यो ।