काठमाडौं, असार १२ । खिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।
उहाँका अनुसार हात्तीगौँडामा सञ्चालित टुंगरम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। सीआईबीका प्रवक्ता जबराले टुंगरम एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको बताउनुभयो।विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।विद्यालयको भक्तपुर दधिकोटमा रहेको २९ रोपनीभन्दा बढी जग्गा आफैं सम्बद्ध कम्पनीलाई बेचेको, विद्यालयका नाममा सवारी साधन खरिद गरेर व्यक्तिगत प्रयोग गरेको लगायतका आरोपसहितको जाहेरी शेर्पाविरुद्ध रहेको छ।













प्रतिक्रिया दिनुहोस्