काठमाडौं, असार १३ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।
शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका बेला उनीहरूलाई कारले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै बालबालिकाको उपचारका क्रममा चितवनमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्