जनता टाइम्स

१३ असार २०८३, शनिबार १८:५२

एमाले पुनर्गठन बहश : सातै प्रदेशमा बहुमत केन्द्रीय सदस्य केपी ओलीकै पक्षमा उभिए


काठमाडौं, असार १३ । नेकपा एमालेको पार्टी पुनर्गठनको बहशमा अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा नेता–कार्यकर्ता उभिएका छन ।

कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार एमालेले सातवटै प्रदेशमा कार्यदल नै गठन गरी सुझाव लिने क्रममा सवै प्रदेशमा बहुमत केन्द्रीय सदस्य अध्यक्ष ओलीको नेतृत्वमा पार्टी पुनर्गठन हुनुपर्ने अडानमा देखिएका हुन ।

एमालेले आज मधेश प्रदेशमा सुझाव संकलन गरिरहेको छ । यसअघि बागमतीबाट सुरु भएको पार्टी पुनर्गठन कार्यदलको सुझाव संकलन ६ वटै प्रदेशमा सकिसकेको छ । बागमती, कोशी, लुम्बिनी, सुदुरपश्चिम, कर्णाली, गण्डकी हुँदै मधेशमा पुग्दा केन्द्रीय कमिटीका सदस्यहरुको स्पष्ट बहुमत अध्यक्ष ओलीको पक्षमा देखिएको ती नेताले जनताटाइम्स डटकमसँग बताए ।

अधिकांश प्रदेशमा बिगतमा केपी ओलीबाट फाइदा लिनुसम्म लिएका नेताहरु भने उहाँको बिपक्षमा देखिएको ती नेताको भनाई छ । एमालेमा महासचिव शंकर पोखरेल अध्यक्ष ओली हटाएर आफू अध्यक्ष बन्ने योजनाका साथ पुनर्गठनको नारा दिनुभएको छ ।

सो नारामा केन्द्रीय सदस्यहरुले स्पष्ट रुपमा बिमती राख्दै केपी ओलीकै नेतृत्वमा पार्टीमा पुनर्गठन हुनुपर्ने र पदाधिकारी फेरबदल हुनुपर्ने राय राखेको पाइएको कार्यदलका अर्का सदस्यले बताए ।