काठमाडौं, असार १४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को रोमाञ्चक खेलमा घानामाथि २–१ गोलअन्तरको कठिन जित निकाल्दै क्रोएसियाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आइतबार सम्पन्न खेलमा क्रोएसियालाई जिताउन पिटर सुसिक र निकोला भ्लासिकले एक–एक गोल गरे।
खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको घानाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
खेलको ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
तर, खेलको ८३ औं मिनेटमा क्रोएसियाका निकोला भ्लासिकले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए।
यो जितसँगै समूह ‘एल’मा दुई जित र एक हारसहित ६ अंक जोडेर क्रोएसिया उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको छ।













प्रतिक्रिया दिनुहोस्