काठमाडौं, असार १४ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्र हल्लाउने गन्ध आइरहेको भन्दै सचेत गराउनु भएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आइरहेको बताउनु भयो ।
गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको आरोप पनि दुलालले लगाउनु भयो । ‘लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति हामी गम्भीर र सचेत छौं,’ सांसद दुलालले भन्नुभयो ।
यस्तै, उहाँले नेकपा रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने दाबी पनि गर्नुभयो । यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको बताउँदै दुलाले थप्नुभयो, ‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरुसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं । हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउने छौं।’













प्रतिक्रिया दिनुहोस्