काठमाडौं, असार १४ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको स्मृति दिवसकै दिन बृहत बाम एकताको संकल्प र घोषणा गर्न अन्य नेताहरुलाई अपिल गर्नुभएको छ ।
जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले आजकै दिन बाम एकताको घोषणा गरेर अघि बढनुपर्ने बताउनु भयो ।
बामपन्थी दल झुध्दा गत चुनावमा नराम्रोसँग पराजय भोग्नुपरेको र प्रतिगामीले फाइदा लिएको भन्दै खनालले भन्नुभयो, ‘अव सवै कुरा छाडौं, देश र जनताका लागि हामी सवै एकतावद्ध बनेर तत्काल एकता संभव नभए पनि कार्यगत एकताको घोषणा गरेर जाऔं ।’
उहाँले समाजवादी क्रान्ति र रुपान्तरणको काममा सही ढंगले अघि बढन सके मात्रै मदनप्रति साँचो सम्मान हुने खनालले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्