काठमाडौं, असार १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बिभाजनपछि एकअर्काप्रति चरम आरोप प्रत्यारोपमा उत्रिएर फरक पार्टीमा रहेका चार पूर्वप्रधानमन्त्री एकसाथ एउटै मञ्चमा उभिएका छन । चार पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एकसाथ उभिनुभएको हो ।
मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति बिद्या भण्डारीलाई प्रमुख अतिथी मानेर नेकपा एमाले र नेकपाका नेताहरु बिगतका कमीकमजोरी स्वीकार गरेर एकसाथ उभिनुभएको हो । चार नेता एकसाथ उभिदा सहभागीहरू निकै उत्साहित बनेका थिए ।















प्रतिक्रिया दिनुहोस्