काठमाडौं, असार १४ । नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमीकमजोरी सच्याउने अठोटका साथ अब बामपन्थी दलहरु मिल्न सक्ने कुरामा मिलेर अघि बढनुपनै बताउनु भएको छ ।
मदन भण्डारीको ७५औं जन्मदिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले यस्तो प्रस्ताव राख्नुभएको हो । नेपालले भावनामा बगेर नभई मुलुकको यथार्थ र आवश्यकताको आधारमा सवै बामपन्थी नेताहरु सच्चिने अठोटका साथ एकतातर्फ अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मदनको जस्तो ब्यवहार गरौं, आफूमा रहेको कमीकमजोरी सच्याएर अघि बढन तयार होऔं । कमीकमजोरी सच्याउने अठोटका साथ अब मिल्न सक्ने कुरामा मिलेर अघि बढनुपर्छ ।’ नेपालले मदन जस्तो दूरदर्सी नेता नेपालमा अहिलेसम्म कोही नरहेको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्