काठमाडौं, असार १५ । नेकपा एमालेभित्र पार्टी एकताको बिषयले भूकम्प गएको छ । एमालेकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको संयोजनमा अध्यक्ष केपी शर्मा ओलीसहित नेकपाकालिन शीर्ष नेता एउटै मञ्चमा उभिएर एकताको बिकल्न नभएको बताएपछि एमालेमा भूकम्प गएको हो ।
जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जवज) मा अघि बढेको एमालेमा महासचिव शंकर पोखरेलले सवैभन्दा पहिला एकता हुनुहुन्न भन्ने प्रष्ट लाइनसहित अध्यक्ष ओलीबिरुद्ध उत्रिएपछि सिंगो पार्टी पङ्तीमा तरंग देखिएको छ । शंकरकै लाइनमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा उभिनुभएको छ ।
यता सचिव महेश बस्नेतले महासचिव पोखरेललाई काउन्टर दिएर प्रतिगामी शक्तिलाई तह लगाउन बामपन्थी र राष्ट्रवादीबीच सहकार्य र एकता अनिवार्य भएको सार्वजनिक अभिब्यक्ति दिनुभएको छ । सचिव महेश अध्यक्ष ओलीनिकट नेता हुनुहुन्छ भने महासचिव पोखरेल लामो समयदेखि बिरोधी कित्ताका मात्र नभएर केपी ओली निकट नेता-कार्यकर्ताको कत्लेयाम गर्ने ‘नायक’ को पहिचान बनाउनु भएका केन्द्रीय कार्यालयका कमाण्डर हुनुहुन्छ ।
पछिल्लो समय अध्यक्षबिरुद्ध देशभर अभियान चलाउनु भएका महासचिव पोखरेलले सामाजिक सञ्जालमा सामान्य सटाएर हानेपनि अध्यक्ष ओलीबिरुद्ध घोषित रुपमा दोस्रोपटक आइतवार सामाजिक सञ्जालमा सिधै काउन्टर गर्नुभएको हो । केपी ओली फालेर आफू अध्यक्ष बन्ने योजनामा लाग्नुभएका पोखरेल आइतवार सार्वजनिक मञ्चबाटै एकसाथ उभिएर अध्यक्ष ओलीसतिह नेकपाकालिन शीर्ष नेताहरू पुष्पकमल दाहाल, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालले एकताको बिकल्प नभएको निचोड सुनाएपछि तिल्मिलाउनु भएको फेसबुकमा तत्कालै दिएको धारणाले प्रष्ट संकेत गरेको छ ।
एमाले महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सिधा काउन्टर गर्दै भन्नुभएको छ, ‘इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्। माक्र्सको यो भनाइले स्पष्ट पार्छ-समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्याउनु (पुनरावृत्ति गर्नु) उचित हुँदैन ।’ जवकी नेकपा बिभाजनमा पोखरेलको सवैभन्दा महत्वपूर्ण हात रहेको तथ्य एमाले पंक्तिबीच चर्चा हुने गरेको छ ।
यता सचिव महेश बस्नेतले महासचिव पोखरेललाई काउन्टर दिएर प्रतिगामी शक्तिलाई तह लगाउन बामपन्थी र राष्ट्रवादीबीच सहकार्य र एकता अनिवार्य भएको सार्वजनिक अभिब्यक्ति दिनुभएको छ । सचिव महेश अध्यक्ष ओलीनिकट नेता हुनुहुन्छ भने महासचिव पोखरेल लामो समयदेखि बिरोधी कित्ताका मात्र नभएर केपी ओली निकट नेता-कार्यकर्ताको कत्लेयाम गर्ने ‘नायक’ को पहिचान बनाउनु भएका केन्द्रीय कार्यालयका कमाण्डर हुनुहुन्छ ।

अध्यक्ष ओली एक ब्यक्ति एक पदको नीतिमा उभिदा हुँदैहुन्न भन्दै उकासेर बिभाजनको डिलमा पुर्याउने र माधव नेपालदेखि भीम रावलसम्मलाई पार्टीबाट लखेटने कुरामा पोखरेलकै मुख्य भूमिका रहेको पदाधिकारीको बुझाइ छ । ‘नेकपा बिभाजनमा तीन नेता जति दोषी हुनुहुन्छ, त्यो भन्दा कम दोषी महासचिव शंकर हुनुहुन्न,’ एमालेकै एक पदाधिकारी भन्छन, ‘अध्यक्षको आडमा बसेर धेरै नेता कार्यकर्तालाई पार्टीमा रहनै नसक्ने अवस्थामा पुर्याउने शंकरकै भूमिका रहेको छ ।’
पछिल्लो समय बालेन सरकारले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रबिरुद्ध योजनावद्ध षडयन्त्र अघि बढाएको भन्दै एमाले अध्यक्ष ओलीदेखि नेकपाका संयोजक प्रचण्डमाथि एकता गर्न कार्यकर्ता पङ्तीको चर्काे दवाव रहेको छ । एमालेमा भने यतिबेला पार्टी पुनर्गठनको बिषयमा छलफल चलिरहेको कारण यस बिषयमा खासै चर्चा भएको थिएन ।
तर आइतवार चार नेताले पूर्वराष्ट्रपति बिद्या भण्डारीलाई साँछी राखेर एकताको बिकल्प छैन भन्ने निश्कर्ष सुनाएपछि मोहनबिक्रम सिंहको मशाल बनाएर भएपनि अध्यक्ष बन्नैपर्ने योजनामा लागेका ‘तोकिएको बाहेक सवै जिम्मेवारी पूरा गर्ने’ समुहका नेताका रुपमा केही पदाधिकारी देखिएको र तिनै पदाधिकारीको नेता महासचिव पोखरेल बन्नुभएको आरोपसमेत लागेको छ ।
बिगतमा अध्यक्षको बिरुद्धमा लागेको भन्दै प्रभावशाली नेतालाई कोपाभाजनमा पार्न सफल हुनुभएको आरोपसमेत महासचिव पोखरेलमाथि नै रहेको छ । तर यस बिषयमा पोखरेल निकट भने गलत रहेको दावी गर्दै आएका छन ।
प्रदेशदेखि जिल्ला अधिवेशनसम्म महासचिव पोखरेलले नै ओली निकटलाई ओलीकै बिरोधी बनाएर कत्लेयाम गराउनु भएको तथ्यले देखाएको भन्दै गुण्डुतिर धमाधम सूचना पुग्न थालेको छ । बिगतमा ओलीले महासचिव शंकरको कामबारे गुनासो गर्दा सुन्दै नसुनी फर्काउने गरेको भए पनि पछिल्लो समय महासचिव पोखरेलले पदाधिकारीदेखि केन्द्रीय सदस्य र जिल्ला प्रदेशका नेताहरुलाई कसरी ओलीबिरुद्ध लाग्न प्रेरित गर्नुभयो भन्ने एक एक जानकारी पुगेको स्रोतले बताएको छ ।












प्रतिक्रिया दिनुहोस्