काठमाडौं, असार १८ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिला पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा युगान्डाका चार र इन्डोनेसियाकी एक महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पक्राउका क्रममा उनीहरूलाई सम्झाइबुझाइ गर्ने प्रयास गर्दा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोप पनि लागेको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्