जनता टाइम्स

४ पुष २०७६, शुक्रबार ०९:४७

अक्षय कुमार सबैभन्दा धनी बलिउड सेलिब्रिटी, दोस्रोमा सलमान खान : कस्को कति छ सम्पत्ति ?


काठमाडौं, पुस ४ । सन २०१९ का धनी सय जान सेलिब्रिटीको सूची सार्वजनिक भएको छ । फार्ब्सले सार्वजनिक गरेको यो सूचीमा बलिउड अभिनेता अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन । यो सूची सार्वजनिक भएसँगै अक्षय कुमार सबैभन्दा धनी बलिउड सेलिब्रिटी बनेका छन् ।

२०१९ मा अक्षयका तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ । उनको गुड न्यूज रिलिज हुने क्रममा छ । केसरीले १३५ करोड, मिशन मंगलले २००।१६ करोड र हाउसफुल ४ ले २०६ करोड कमाएको थियो । फोर्ब्सको सूची अनुसार अक्षयको जम्मा कमाइ २९३.२५ करोड भारु रहेको छ, यो कमाइ गत वर्षको तुलनामा ५८.५१ प्रतिशतले बढी हो । बलिउडका अर्का स्टार सलमान खान सूचीको तेस्रो स्थानमा छन् । यस बर्ष सलमाको जम्मा कमाई २२९।२५ करोड रह्यो ।

सलमान खानको फिल्म दबंग ३ डिसेम्बर २० अर्थात आजदेखि रिलिज हुँदैछ । यसअघि सलमानको फिल्म भारत रिलिज भएको थियो । उक्त फिल्मले २ सय करोडभन्दा बढी कमाएको थियो ।