जनता टाइम्स

४ पुष २०७६, शुक्रबार ११:०६

संसद अघि नेकपाले बोलायो संसदीय दलको बैठक


काठमाडौं, पुष ४

संघीय ससंदको बैठक अघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक आव्हान गरेको छ । संसदमा कसरी प्रस्तुत हुने बारेमा दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको बैठक भने स्थगित भएको छ ।