काठमाडौं, असार १९ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले असार २४ गतेदेखि तीन दिनसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा बन्द हुने जनाएको छ।
विभागले शुक्रबार सूचना जारी गरी नयाँ प्रणाली (सिस्टम) कार्यान्वयनका लागि तीन दिन सेवा बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण असार २४ देखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा बन्द रहने छन।
राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा भने असार २५ र २६ गतेसम्म दुई दिन मात्र बन्द रहने जनाएको छ। विभागका अनुसार असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुनेछ।













प्रतिक्रिया दिनुहोस्