जनता टाइम्स

२० असार २०८३, शनिबार १०:०४

विश्वकपको प्रि-क्‍वाटरफाइनल समिकरण पूरा, महारथी नै बाहिरिदा यी हुन राउन्ड अफ १६ मा पुग्ने टीम


काठमाडौं, असार २० । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समिकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरूको टुङ्गो लागेको हो ।

यसपटक ४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन ।

यस्तै साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन् । अर्जेन्टिनालेले पहिलो पटक बिश्वकममा सहभागी केप भर्डेसँग गएराती निकै संघर्षपुर्ण जित निकालेर अन्तिम १६ मा स्थान बनाएको छ ।

राउन्ड अफ ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी पाराग्वेसँग टाइब्रेकरमा पराजित भयो ।

नेदरल्यान्ड्सलाई मोरक्कोले टाइब्रेकरमा पराजित गर्दा नर्वेले आइभरी कोस्टलाई अनि फ्रान्सले स्वीडेनलाई पराजित गरे । यस्तै मेक्सिकोले इक्वेडरलाई पराजित गर्‍यो, इंग्ल्यान्डले कङ्गोलाई अनि बेल्जियमले सेनेगललाई पराजित गर्‍यो । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई पराजीत गरी अन्तिम १६ मा स्थान पक्का गर्यो ।

यस्तै स्पेनले अस्ट्रियालाई पराजित गर्दा पोर्चुगलले क्रोएसिया अनि स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्‍यो ।इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्यो भने कोलम्बियाले घानालाई पराजित गरेर राउन्ड अफ १६ मा स्थान पक्का गरे ।

यस्तो छ राउन्ड अफ १६ को खेल तालिका

बिश्वकममा अन्तिम १६ को पहिलो खेल क्यानडा र मोरक्कोबीच हुनेछ । सो खेल आजै राति पौने ११ बजे हुनेछ । त्यस्तै अर्को खेल पाराग्वे र फ्रान्सबीच भोलि बिहान पौने ३ बजे हुनेछ ।

यस्तै ब्राजिल र नर्वेबीच सोमबार बिहान पौने २ बजेदेखि खेल हुनेछ । सोही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड पनि खेल्ने छन् । मंगलबार बिहान पौने १ बजे पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् । सोही दिन बिहान अमेरिका र बेल्जियम पनि खेल्ने छन् ।

मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् । बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल हुनेछ । सो प्रतिस्पर्धामा जित्ने टीम सेमिफाइनलमा पुग्नेछन ।