काठमाडौं, असार २० । बालेन शाह नेतृत्वको सरकारले आफ्नो सय दिनको उलपब्धी सार्वजनिक गरेको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गर्नुभएको हो ।
बालेन सरकारले सय दिने कार्यसूची नै तयार पारेर काम अघि बढाएको थियो । सरकारले घरघरमा राहदानी पुर्याएर नेपाली दक्ष जनशक्तिलाई बिदेश पठाउने प्रोत्साहित गर्नेदेखि राजनीतिक दलका नेता पक्राउसम्मलाई आफ्नो उपलब्धीमा समेटेको छ । पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाहअन्तर्गत दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पु¥याइएको उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । उहाँका अनुसार सय दिनमा पाँच हजार ७२८ थान राहदानी हुलाकमार्फत घरघरमै पुर्याइएको छ ।
यस्ते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनीको स्थायी लेखा नम्बर वेबसाइटबाट ‘केमिस’ प्रणालीमार्फत सेवाग्राही आफैँले डाउनलोड गर्न मिल्ने बनाइएको, यसबीचमा झन्डै ३१ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापिएको भन्दै उपलब्ध सुनाउनु भयो । ‘३० लाख ७५ हजार १८१ थान सवारीचालक अनुमतिपत्र छपाइ भएको छ । असार मसान्तसम्म थप २९ लाख छपाइ सम्पन्न गरिनेछ,’ सरकारको उपलब्धी सुनाउँदै मन्त्री पोखरेलले भन्नुभयो ।
यस्तै उहाँले ३२ जिल्लामा एकद्वार सेवा प्रणालीका निम्ति बजेट व्यवस्थापन भइसकेको बताउनु भयो । ‘हुलाकमार्फत घरघरमा सवारीचालक अनुमतिपत्र र राहदानी वितरण सुरु गरिसकेका छौँ भने कम्पनी दर्तादेखि प्रमाणपत्र लिनेसम्म अनलाइन प्रणालीमा ल्याउन प्रक्रिया अघि बढाइसकेका छौँ । जीआईआोएमएस प्रणाली लागु गरिएको छ, जसले कुन फाइल कार्यालयको कुन शाखामा कुन अवस्थामा छ भन्ने रियलटाइम अलर्ट (जानकारी) दिने प्रणाली लागु भइसकेको छ । अमिन सेवामा अनलाइन अपोइन्टमेन्टको व्यवस्था गरिएको छ,’ उपलब्धीबारे सरकारको भनाई छ ।
यस्ता छन सय दिनका उपलब्धी














प्रतिक्रिया दिनुहोस्