जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १४:५२

संसदको अध्यक्षता उपसभामुख तुम्बाहाम्फेले गर्ने, दोस्रो बैठकबाटै सभामुख चयन प्रक्रिया अघि बढने


काठमाडौं, पुस ४ । काठमाडौँ । आगामी पुस ११ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुने भएको छ । आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशन अघि बसेको ससदको कार्यव्यवस्था समितिको बैठकमा सो सहमति भएको हो । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकमा पुस ११ गते सभामुख चयन गर्ने सहमति भएको हो ।

बैठकमा सभामुख चयनअघि संसदको अध्यक्षता उपसभामुख तुम्बाहाङ्फेले गर्ने सहमति पनि जुटेको छ । सोही सहमतिअनुसार संसद बैठक आज बसेपछि एक साता स्थगित गरिने भएको छ । आजको बैठकमा राष्ट्रपति बिद्यादेवी भण्डारीले पठाउनु भएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने छ । त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ गते दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने सहमति भएको हो । पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेशन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

बैठकमा संसदको नियमावलीलाई लिएर केही सादस्यहरुले शुरुवात र अन्त्य सभामुखले मात्रै गर्ने भन्ने व्यवस्था रहेको भन्दै उपसभामुखले बैठकको शुरुवात गर्न नसक्ने तर्क गरेका थिए । तर अन्तिममा सहमति जुटेको हो ।