काठमाडौं, असार २२ । फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित ‘गोल्डेन बुट’ अवार्डको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। लियोनेल मेसी (अर्जेन्टिना), एर्लिङ हालान्ड (नर्वे) र किलियन एम्बाप्पे (फ्रान्स) समान ७–७ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्।

उप–क्वार्टरफाइनल (राउन्ड अफ १६) मा ब्राजिलविरुद्ध हालान्डले दुई गोल गरेपछि उनले मेसी र एम्बाप्पेको गोलसंख्यासँग बराबरी गरेका हुन्।
अहिलेसम्म एम्बाप्पेले पाँच खेलमा ७ गोल र २ असिस्ट गरेका छन् भने अर्जेन्टिनाका कप्तान मेसीले केवल चार खेलमै ७ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। हालान्डले पनि चार खेल खेल्दै ७ गोल गरेका छन्।
समान गोलसंख्या भए पनि मेसीले एक खेल कम खेल्दै यो उपलब्धि हासिल गरेकाले गोल्डेन बुटको दौड अझ रोचक बनेको छ। अब बाँकी खेलमा यी तीन स्टार फरवार्डमध्ये कसले अग्रता लिन्छ भन्नेमा फुटबल समर्थकको विशेष चासो रहेको छ।
विश्वकपको उपाधिसँगै व्यक्तिगत रूपमा प्रदान गरिने गोल्डेन बुट जित्न मेसी, हालान्ड र एम्बाप्पेबीचको प्रतिस्पर्धा आगामी चरणमा अझ कडा हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्