काठमाडौं, असार २२ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारलाई दुई बिषयमा रुलिङ गर्नुभएको छ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जबाफ दिन सरकारलाई रूलिङ गर्नुभएको हो ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई रूलिङ गर्नुभयो । उनहाँले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो।
सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिनुभयो ।
‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जबाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भन्नुभयो ।
मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा पनि सभामुखले जोड दििनुभयो ।













प्रतिक्रिया दिनुहोस्