काठमाडौं, असार २२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सुनसहित सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर प्रश्न उठाएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री बालेनको १ सय ९० तोला सुनसहितको सम्पत्तिको स्रोतमाथि बिपक्षी दलका नेता भीष्मराज आङदम्वेले नै गम्भीर प्रश्न उठाउनु भएको हो ।
बालेन सरकारले भ्रष्टाचार नियन्त्रणमा देखाएको इच्छाशक्तिको स्वागत गर्दै आङदम्वेले आफ्नो सम्पत्तिको चाँहि स्रोत देखाउनु पर्दैन भन्ने प्रश्न गर्नुभयो । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, जुनसुकै पदमा रहेको होस् कानुनको दायरामा आउनुपर्ने भन्दै उहाँले सरकारमा रहेकाहरुचाँहि केही देखाउन नपर्ने ? भन्ने प्रश्न उठाउनु भयो ।
प्रधानमन्त्री बालेन लगायत सत्तापक्षका नेताले ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भनिरहेको स्मरण गर्दै आङदम्वेले प्रधानमन्त्री बालेनले सार्वजनिक गरेको सम्पति विवरणको विषय उठाउनु भयो । ‘प्रधानमन्त्रीजीको सम्पतिमा झण्डै दुई सय तोला सुन देखियो । अन्य मन्त्रिपरिषद्का सदस्यहरूको त्यस्तै धेरै देखियो । उहाँहरुको सम्पति विवरण सार्वजनिक भएको छ,’ प्रतिनिधि सभाको रोष्टमबाट बिपक्षी दलका नेता आङदम्वेले भन्नुभयो ।
प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति किन आर्जन गर्नुभयो भनेर नसोध्ने भन्दै आङदम्वेले अगाडि थप्नुभयो, ‘यद्यपि नेपाली कांग्रेस किन सम्पति आर्जन गर्नुभयो ?, किन जम्मा गर्नुभयो ? यो सोध्दैन, खोज्दैन पनि । तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ ।’

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति किन आर्जन गर्नुभयो भनेर नसोध्ने भन्दै आङदम्वेले अगाडि थप्नुभयो, ‘यद्यपि नेपाली कांग्रेस किन सम्पति आर्जन गर्नुभयो ?, किन जम्मा गर्नुभयो ? यो सोध्दैन, खोज्दैन पनि । तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ ।’ प्रधानमन्त्री र मन्त्रीहरूले बेस्सरी सुन थुपारेको तथ्य बाहिर आएको तर त्यस्को स्रोत नदेखाएकोमा उहाँको कडा प्रश्न र आपत्तिसमेत थियो ।
सार्वजनिक जीवन यापन गर्ने कुर्न पनि पदाधिकारीले, कुनै पनि व्यक्तिले आफ्नो सम्पतिको स्रोत खुलाउनुपर्ने उहाँको भनाई थियो । ‘सम्पत्ति छानविन अरुलाई मात्रै होइन, सरकारमा रहेकालाई पनि हो । सम्पत्तिको स्रोत खुलाउने कुरा सबैको निम्ति भएको हो । प्रधानमन्त्री र मन्त्रीहरूको त्यो सुनको त्यो स्रोत के हो रु हामी सोध्छौं । यो सोध्ने विपक्षीको उत्तरदायित्व पनि हो । हाम्रो जिम्मेवारी पनि हो,’ आङलम्वेले भन्नुभयो ।
आङदम्वेले सरकारले सम्पत्ति छानविन गर्न आयोग नै बनाएको भन्दै उहाँले आफूबाट सुरुवात गर्न सरकारलाई सुझाउनु भयो । ‘सम्पतिको छानबिन सुरुवात म विपक्षी दलको नेता हो । मेरो नाम भीष्मराज आङदाम्बे हो । मैबाट सुरु गरौं । र प्रधानमन्त्रीजीबाट सुरु गरौं । हामीबाट सुरु गरौं । हाम्रो सम्पतिको छानबिनको सुरुवात हामीबाट सुरु होस,’ आङदम्वेको प्रस्ताव थियो ।
आफ्नो पाँचथरको भएको र पाँचथरमा सम्पति रहेको भनेर त्यसको पनि छानबिन गर्न आग्रह गर्दै आङदम्वेले थप्नुभयो, ‘मेरो सम्पत्ति छानविन होस र उहाँ (प्रधानमन्त्री) को पनि छानबिन होस् ।’

प्रधानमन्त्रीले आर्जन गरेको सम्पति अवैध भएको भन्ने आफूलाई नलागेको तर जनताले प्रश्न उठाएको उहाँको भनाई छ । ‘जनताले सोधिरहनु भएको छ आम्मामा यति धेरै सुन (प्रधानमन्त्रीको) कहाँबाट आयो ? छक्क परिराख्नु भएको छ । सोधिराख्नुभएको छ त्यसको स्रोत के हो ?’ उहाँको भनाई थियो ।
जनताले सोधेका यस्ता प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले जनतालाई दिनुपर्ने पनि उहाँले बताउनु भयो । सम्पति छानबिनको सुरुवात आफूबाट आफू तयार भएको भन्दै उनले प्रधानमन्त्री बालेन तयार हो वा होइन भनेर प्रश्न पनि गर्नुभयो । यस्तै उहाँले आफूलाई कानुन भन्दा माथि राखेर अरुमाथि चयनात्मक रुपमा सम्पति छानबिन गर्न नहुनेमा कांग्रैस प्रष्ट रहेको बटमलाइन सुनाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्