काठमाडौं, असार २२ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनानलगायत उच्च अधिकारीले टेरामक्स भष्ट्राचार मुद्दामा सफाइ पाउनु भएको छ ।
विशेष अदालतले खनालसहित प्राधिकरणका कर्मचारीहरू दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्तकोटी र सन्दीप आचार्यलाई सफाइ दिएको हो।
खनालले अध्यक्ष पदबाट राजीनामा दिएर प्राधिकरणबाट बाहिरिसक्नु भएको छ । उहाँपछि सरकारले अर्काे अध्यक्ष नियुक्त गरिसकेको छ । आचार्य र हाडा प्राधिकरणका निर्देशक हुनुहुन्छ। यस्तै, पन्थ, मिश्र, बस्नेत, बस्ताकोटी र अधिकारी प्राधिकरणको उपनिर्देशक हुनुहुन्छ।
विशेष अदालतले यी कर्मचारीलाई सफाइ दिएसँगै मुद्दा दायर भएपछि २०८२ जेठ १ गतेदेखि निलम्बित भएका उहाँहरु सवै जना अब कार्यालय फर्किएर काम गर्न पाउनुहुनेछ ।
यस्तै, भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिंक प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई पनि अदालतले सफाइ दिएको छ।













प्रतिक्रिया दिनुहोस्