काठमाडौं, असार २३ । नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले नेपाल सरकारलाई तीन बर्षभित्र साढे ३ खर्ब बरावरको सहयोग गर्ने घोषणा गर्नुभएको छ । एडीबी अध्यक्ष काण्डाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटबार्तापछि यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालएक्स (ट्वीटर) मार्फत सार्वजनिक रुपमै सन् २०२९ सम्म दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष काण्डाले मंगलवार बिहान प्रधानमन्त्री शाहसँग भेटबार्ता गर्नुभएको हो । प्रधानमन्त्री शाह भेटपछि मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मासातोले उक्त रकम बराबरको सहयोग गर्ने बताउनु भयो । सो रकम नेपाली रुपैयाँअनुसार ३ खर्ब ६२ अर्ब भन्दा बढी हुन्छ।
‘मैले आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि उहाँले अघि सारेका सुधारका कार्यक्रमलाई सहयोग गर्न एडीबी दृढ प्रतिबद्धता रहेकोमा जोड दिएँ,’ काण्डाले भन्नुभएको छ, ‘एडीबीले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउँदै नेपालको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा आफ्नो भूमिका अझ सुदृढ बनाइरहेको छ।’
काण्डाले यो सहयोगले प्रधानमन्त्रीको भिजनलाई व्यवहारमा उतार्न र त्यसको प्रतिफल जनतासम्म पुर्याउन मद्दत गर्ने पनि बताउनु भयो। यद्यपी यस रकममा कति सहुलियतपूर्ण ऋण र कति अनुदान हो भन्ने खुलाइएको छैन।

कन्ट्री पार्टनर स्ट्राटिजी अन्तर्गत २०२४ देखि २०२९सम्म २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहायता दिने योजना थियो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार मंगलवार उहाँहरूबीच आधा घण्टा शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेको दाहालले बताउनु भएको छ ।
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरूदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको पनि दाहालले जानकारी दिनुभयो । एडीबी अध्यक्ष काण्ड प्रधानमन्त्री शाहसँग भेटने पहिलो बिदेशी निकायका अधिकारी हुनुहुन्छ ।
गत चैत १३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका शाहले काण्डलाई नै पहिलो पटक एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो । हालसम्म लुकेर कुनै भेटबार्ता भएको हुनसक्ने भएपनि सार्वजनिक रुपमा प्रधानमन्त्रीले कुनै पनि बिदेशी अधिकारीसँग एक्लाएक्लै भेट गर्नुभएको छैन । उहाँले नेपालस्थित बिदेशी कुटनीतिक नियोगका प्रमुख र राजदूतहरूसँग दुई पटक सामुहिक भेटघाट गर्नुभएको छ ।
यस्तो छ एडीबी अध्यक्ष काण्डाको भनाई
नेपालका प्रधानमन्त्री @ShahBalen
लाई भेट्न पाउनु र उहाँले प्राप्त गर्नुभएको बलियो जनादेशको लागि बधाई दिनु सम्मानको कुरा थियो।
आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीतर्फ उहाँको महत्वाकांक्षी सुधारहरूलाई समर्थन गर्ने ADB को दृढ प्रतिबद्धतालाई मैले पुष्टि गरें। ADB ले २०२९ सम्ममा प्रधानमन्त्रीको दृष्टिकोणलाई परिणाममा परिणत गर्न मद्दत गर्न २.४ बिलियन डलरको थप सहयोगसहित नेपालको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अगाडि बढिरहेको छ।
६० वर्षदेखि, नेपाल र ADB ले कठिनाइ, पुनर्लाभ र प्रगति मार्फत सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, बलियो पूर्वाधार र राम्रो अवसरहरू प्रदान गर्दै सँगै काम गरेका छन्।
म नेपालका जनताको लागि मूर्त र दिगो प्रगति प्रदान गर्न प्रधानमन्त्री र उहाँको सरकारसँग नजिकबाट काम गर्न तत्पर छु।
समाचार विज्ञप्ति: https://adb.org/news/adb-president-meets-nepal-prime-minister-jobs-and-investment-support-stepped-upa
फोटो क्रेडिट: @PM_nepal_













प्रतिक्रिया दिनुहोस्