जनता टाइम्स

२३ असार २०८३, मंगलवार १६:४७

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति, यस्तो छन प्राथमिकताका क्षेत्र र खास ब्यवस्था (पूर्णपाठ)


काठमाडौं, असार २३ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३–८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डाक्टर विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले मौद्रिक नीतिको लचिलो नीतिलाई निरन्तरता दिएको बताउनु भयो । बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदीले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाब नपर्ने आकलन रहेको गभर्नर पौडेलको भनाई छ ।

नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने घोषणा गरेको छ । केन्द्रीय बैंकले विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएको हो। साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिने घोषणा गरिएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र बैंकदरलाई यथावत राखेको छ। अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।

मौद्रिक नीतिको पूर्णपाठ