काठमाडौं, असार २३ । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व प्रदेश सरकारको नेतृत्व फेरबदलको गृहकार्यमा लागेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारहरू हेरफेरको गृहकार्यसहित आवश्यक तयारी अघि बढाएका हुन ।
एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस र एमालेबीच भएको आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमतिअनुसार मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल गनेृ गरी नेतृत्वबीच गृहकार्य भइरहेको तथ्य खोल्नुभएको हो ।
थपलियाका अनुसार साउन पहिलो सातादेखि नै प्रदेश सरकारको नेतृत्व हेरफेरको काम अघि बढाइने छ । मधेस प्रदेशमा भने हालसालै मात्र नयाँ सरकार गठन भएकाले नचलाउने सहमति भएको थपलियाले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्