जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १६:४२

सभामुखको चयन प्रक्रिया पुष ११ बाट शुरु हुने, उपसभामुखले गर्नुभयो संसद प्रारम्भ


काठमाडौं, पुष ४

प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट मात्र सुरु हुने भएको छ । आजबाट शुरु भएको संसदको अर्को बैठक ११ गते एक बजे बस्ने भएपछि त्यसबाट निर्वाचन प्रक्रिया शुरु हुने भएको हो ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते राख्ने सहमति भएको थियो । सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । अपराह्न सवा ४ बजे बसेको बैठकको शुरूमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउनु भएको थियो । त्यसपछि बैठकले ४ जना पूर्व सांसदको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

शुक्रबारको बैठकपछि उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाको छ। उहा नेकपाबाट उपसभामुख बन्नु भएको थियो । संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ ।