काठमाडौं, असार २४ । सरकारले बढुवा, नियुक्तिदेखि भ्रष्टाचारबिरुद्धको रणनीति स्वीकृतसम्मका आठ वटा निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा बढुवासहित काठमाडौं उपत्यका बिकाश प्राधिकरणको आयुक्त नियुक्ति र भ्रष्टाचार नियन्त्रण रणनीतिसम्मका आठ निर्णय गरेको हो ।
सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले नेपाल सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गरिएको छ भने बिभिन्न ऐन र नीतिहरू स्वीकृत गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
यी हुन निर्णय
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय
२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान
३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत
४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत
५.कारागार नियमावलीः ’कारागार नियमावली, २०८३’ स्वीकृत
६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत
७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा बढुवा गर्ने













प्रतिक्रिया दिनुहोस्